थप ६ वटा कम्पनीहरुले पठाए सम्वन्धित सेयरधनीको खातामा बोनस सेयर, कुनको कति ? « Arthapath.com
५ जेष्ठ २०८०, शुक्रबार

थप ६ वटा कम्पनीहरुले पठाए सम्वन्धित सेयरधनीको खातामा बोनस सेयर, कुनको कति ?



काठमाडौं । आधा दर्जन कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश पठाएका छन् ।

चार लघुवित्तसहित ६ वटा कम्पनीहरुले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा लाभांश पठाएका हुन् । गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाएका हुन् ।

यस साता मिर्मिरे लघुवित्तले गत पुस ३० गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित भएको २३ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाएको छ ।

यस्तै, आशा लघुवित्तले १४.२८ प्रतिशत, ज्योति विकास बैंकले ३ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

यता, स्वाभिमान लघुवित्तले २० प्रतिशत बोनस सेयर र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाएको हो ।


प्रतिक्रिया दिनुहोस्