पहिलो चरणमा धितोपत्र बोर्डले दियो सात वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स (नामावलीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो चरणमा सात वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।
नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएकामध्ये बोर्ड ४३ वटा कम्पनीलाई आशयपत्र दिएको थियो । त्यसपश्चात आवश्यक पूर्वाधार तयार पारेका सात वटा कम्पनीलाई नै नयाँ ब्रोकर लाइसेन्स दिएको हो ।
बोर्डले हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, क्यापिटल म्यास सेक्यूरिटिज, मियो, भोले गणेश, सेयरप्रो सेक्यूरिटिज र प्रोपर्टी विर्जाड कम्पनीलाई लाइसेन्स दिएको छ ।
सोमबार बसेको बोर्ड संचालक समितिको बैठकले यी कम्पनीहरुलाई नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।