गल्फ लुब्रिकेन्टको इन्डियन प्रिमियर लिग यात्रा, नेपाल ल्युब आयलका ग्राहकहरु आइपीएल हेर्न दिल्ली र लखनउ « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

गल्फ लुब्रिकेन्टको इन्डियन प्रिमियर लिग यात्रा, नेपाल ल्युब आयलका ग्राहकहरु आइपीएल हेर्न दिल्ली र लखनउ



काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले निकै चर्चित भारतीय क्रिकेट प्रतियोगिता, “इन्डियन प्रिमियर लिग (आइपील )“ का खेल हेर्न आफ्ना ग्राहकहरुलाई दिल्ली र लखनउ लगेकोे छ ।

गल्फ लुब्रिकेन्ट, निकै चर्चित आइपील टिम चेन्नई सुपर किंग्सको स्पोन्सर रहेको छ । महेन्द्र सिंह धोनी कप्तान रहेको सो टिम आइपीलकै सबै भन्दा उत्कृष्ट र सफल टिम मानिन्छ ।

आइपीलका दुइ खेल, लखनऊमा सम्पन्न चेन्नई सुपर किंग्स बिरुद्ध लखनऊ सुपर जायंट्स र दिल्लीमा सम्पन्न चेन्नई सुपर किंग्स बिरुद्ध दिल्ली क्यापिटलको खेलमा ग्राहक र सरोकारवालाहरु गरि २१ जनाले स्टेडियममै पुगी खेल हेर्न मौका पाएको थियो। कम्पनीका अनुसार फेसबुक कन्टेस्ट मार्फत १२ जना ग्राहकहरुको छनोट गरिएको थियो भने बाकी ९ जान गल्फका कर्पोरेट ग्राहकहरु रहेको कम्पनीले जनाएकोे छ ।

इन्डियन प्रिमियर लिग (आइपील) क्रिकेट जगतको सबै भन्दा ठुलो प्रतियोगिता हो। यो खेल हरु स्टेडियममा बसी हेर्नेको अनुभव अतुलनिय छ । निकै चर्चित आइपील टिम चेन्नई सुपर किंग्सका स्पोन्सर गल्फ लुब्रिकेन्ट भएकोले हामीले आफ्नो ग्राहक र सरोकारवालाहरुलाई यो अनुभव प्रधान गर्न सकेका हौ। यसले ग्राहक र सरोकारवालाहरुलाई गल्फ लुब्रिकेन्ट प्रति अझै उत्साहित बनाएको कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराई भने ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्