‘आइएमई पे’ मार्फत आइएमई लाइफको प्रिमियम तिर्दा १ हजार रुपैयाँ क्यासब्याक « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

‘आइएमई पे’ मार्फत आइएमई लाइफको प्रिमियम तिर्दा १ हजार रुपैयाँ क्यासब्याक



काठमाडौं । आइएमई पेले १ हजार रुपैयाँसम्मको क्यासब्याक दिने भएको छ । आइएमई पेले आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा अब १ हजार रुपैइाँसम्म क्यासब्याक पाइने भएको हो ।

‘आइएमई लाइफको प्रिमियम भुक्तान गर्दा सेवा ग्राहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५० प्रतिश बराबरको क्यासब्याक पाउन सक्नेछन् ‘- आइएमई पेले भन्यो ।

सो अफर आगामी साउन मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ । उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरमै बसी बसी सजिलै तिर्न सकिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्