नेपालमा प्रोमेटका सामाग्री भित्राउदै सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालि « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

नेपालमा प्रोमेटका सामाग्री भित्राउदै सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालि



काठमाडौं । सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकहरु समक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित “प्रोमेट” बाण्डका सामाग्रीलाई नेपाल भित्राएको छ । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकरर नोइज जस्ता मोबाइल उपकरणको आयात कर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ताइवानको परिचित “प्रोमेट” बाण्डका सामाग्रीलाई नेपाल भित्राएको हो ।

सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दोमागलाई पुरा गर्दै आइर हेको छ । पुर्व देखि पश्चिम भर प्रवाभकारी वितरण संजाल भएको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले अनलाइन माध्यमाबाट प्रोमेटका उपकरणहरु वितरण गर्ने सोच बनाउँदै दराज अन्लाइन स्टोरसँग सहकार्य गरेको हो ।

प्राविधिक रुपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताहरूको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा भित्राउन लागिएको बाण्ड“प्रोमेट”एक ताइवान बाण्ड हो । सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरु उपलब्ध गराउँदै प्रोमेटले हाल सम्म लाखौँ ग्राहकहरुको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्न सफल बनिसकेको छ ।

स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटाकेबल, कार चार्जर, इयरपड्स ,हेडफोन र युएसबीहब लगायत स्मार्ट वाचहरु उत्पादन गर्दै आएको यस कम्पनीका सामानहरु गुणस्तरीय र टिकाउहुने गरेका छन्। उत्पादनमा नवीनता, गुणस्तर, र ग्राहक केन्द्रित सेवालाई प्राथमिक्तामा राख्दै उच्च गुणस्तर प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपालभित्राउँदै सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले प्रोमेटका सामाग्रीका खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर पनि दिने भएको छ ।

नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउन जेष्ठ २४ मा काठमान्डौँ स्थित सोल्टी होटलमा सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले उद्घाटन कार्यक्रम सम्पन्न गर्दै सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना अफर सार्वजनिक गरेको छ । स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयरपड्स, हेडफोन युएसबीहब लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्टवाचमा १२ महिनाको वारेन्टी दिँदै जेष्ठ ३२ सम्मको उद्घाटन अवधि भर दराज फ्लाससेल मार्फत आफना सामग्री खरिदगर्ने दुईजनालाई सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले एक एकवटा सुनको सिक्का दिनेछ।

त्यस्तै पहिलो १५० ग्राहक लाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयामा प्रदान गर्ने पनि योजना सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ल्याएको छ । एक हप्ता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लाससेल नामले जेष्ठ ३२ सम्मलागु रहने छ । यो उच्च गुणस्तरका उपकरण खोज्ने प्रयोगकर्ताहरुका लागि एउटा सुवर्ण अवसर हो।


प्रतिक्रिया दिनुहोस्