अटो शोले सुस्ताएको व्यापार चलायमान बनाउनेछ : अध्यक्ष थापा

काठमाडौं । अटोबोइल्स एशोसिएशन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाले नाडा अटो शोले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए ।
आगामी भदौ २६ गतदेखि ३१ गतेसम्म नाडा अटो शो बारे सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताएका हुन् । शोले सुस्ताएको अटो बजारको व्यापारमा राहत मिल्ने उनको भनाई छ। सबैभन्दा ठुलो अटो शो हुने अध्यक्ष थापाले बताए ।
उनले भने,–‘नाडा अटो शोले अर्थतन्त्र र सुस्ताएको अटो बजारको व्यापारलाई चलायमान बनाउने छ । शोमा उत्साहजनक सहभागिता रहने अपेक्षा छ ।’ भन्सारमा हजारौं गाडीहरुको रोकिएको अवस्थामा पनि नाडाले अटो शो गर्न लागेको अध्यक्ष थापाले बताए ।