हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त « Arthapath.com
२६ असार २०८२, बिहीबार

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले अध्यक्षमा विजयमान नकर्मी नियुक्त गरेको छ ।

संस्थाको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा शुरु गरी करीब ३० वर्ष देखि यसै क्षेत्रमा कार्य अनुभव हुनुभएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनु भएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. १ अर्ब बचत संकलन गरी रु. ४ अर्ब ४३ करोड लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्