लिवर्टी माइक्रो लाइफका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ « Arthapath.com
२६ असार २०८२, बिहीबार

लिवर्टी माइक्रो लाइफका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथपछि अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्