लक्ष्मी क्यापिटलले बोलायो साधारण सभा, लाभांश र मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले १५ औं वार्षिक साधारण सभा असोज ७ गतेका लागि बोलाएको छ । सभा लक्ष्मी सन्राइज बैंक लिमिटेड, लक्ष्मी कम्प्लेक्स, हात्तिसार, काठमाडौंमा दिउसो ४ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
क्यापिटलले यस वर्ष ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा नगद लाभांशको रुपमा वितरण गर्ने भएको छ । लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड मर्जमा जाने प्रस्ताव पारित गर्दै आवश्यक सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई दिने निर्णय समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।