कृषिमा नीजि क्षेत्रले लगानी गरेन: कार्यकारी अध्यक्ष ढकाल

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरत ढकालले निजि क्षेत्रले कृषिमा लगानी गर्नुपर्ने बताएका छन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको पाँचौं वार्षिकोत्सब कार्यक्रममा कृषि संरचनाको डिजिटल उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशका युवालाइ कृषिमा प्रोत्साहन गर्न मुक्तिनाथ कृषि कम्पनीले विगत पाँच वर्षदेखि सक्रिय कार्य गर्दै आएको बताए । “कृषि बाट रोजगार सिर्जना गर्न हामीले पहल गरि रहेका छौ । उत्पादनमा नयाँँ डिजिटल रुपलाइ थप प्रयोग गर्दै आएका छौ“ उनले भने, “कृषि क्षेत्रमा फड्को मार्नु पर्छ । नेपालीको माग पुरा गर्न सकिन्छ“ ।
कृषिमा बजारिकरणको आवश्यक रहेको बताउँदै भरत ढकालले युवाहरु कृषि प्रोत्साहन तथा आधुनिकरण गर्ने मुक्तिनाथ कृषि कम्पनीले व्यवस्थापकिय भुमिका खेलि रहेको छ ।