सातै प्रदेशमा पुग्यो मुक्तिनाथ कृषि कम्पनीको शाखा कार्यालय

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सातै प्रदेशमा आफ्नो शाखा स्थापना गरेको छ । कम्पनिको पाँचौं वार्षिकोत्सबको अवसरमा कम्पनिले सातै प्रदेशमा प्रादेशिक कार्यालय उद्घाटन गरेको छ।
डिजिटल मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले प्रादेशिक कार्यालय उद्घाटन गरेका हुन् । जसमा कोशि प्रदेशको सुनसरी, मधेस प्रदेशको बर्दिवास, बाग्मती प्रदेशको काठमाडौं र चितवन, सुदुरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, रुपन्देही र पोखरामा प्रादेशिक कार्यलय उद्घाटन गरिएको हो ।
उक्त कार्यालय मार्फत समयमा शुलभ सेवा प्रदान र कृषि वस्तु वा सेवा आम किसानको माझ पुराउन सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ ।