पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य मा डा.आनन्द प्रसाद श्रेष्ठ मनोनित « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य मा डा.आनन्द प्रसाद श्रेष्ठ मनोनित



काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित भएका छन् ।

प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गरेका श्रेष्ठसँग चिकित्सा क्षेत्रमा चार दशक भन्दा बढीको अनुभव छ । डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सकको रुपमा परिचित छन् ।


प्रतिक्रिया दिनुहोस्