अभियान लघुवित्तले बनायो सेयरधनीको हात खाली « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अभियान लघुवित्तले बनायो सेयरधनीको हात खाली



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको हात खाली बनाएको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। संस्थाले अघिल्लो आर्थिक वर्षमा पनि सेयरधनीको हात खाली बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्