फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका संचालक गोलीले दिए राजिनामा

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था संचालक बामदेव गौलीले पदबाट राजिनामा दिएका छन् ।
सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गोलीले व्यक्तिगत कारण देखाई राजिनामा दिएका हुन् । भदौ ३० गते दिइएको राजिनामा असोज २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।