बागबजारमा खुल्यो घंैटो चिया « Arthapath.com
३१ श्रावण २०७६, शुक्रबार

बागबजारमा खुल्यो घंैटो चिया



काठमाडौं । के तपाई चियाको पारखी हुनुहुन्छ ? मिठो चियाको स्वाद लिन चाहनुहुन्छ भने अव राजधानीको बागबजारमै उपलव्ध छ ।
हरेक नेपाली भेटको सुरुवातनै चिया गफबाट सुरु हुन्छ । चिया नेपालीको ल्याकत नै बनिसक्यो । चियाका पारखीहरुका लागी बाजबजारको यती प्लाजा नजिकै घैंटो चिया खुलेको छ ।
माटाको भाँडाको घैंटोमा राखेर दिईने चियाँलाई घैंटो चिया भनिन्छ । माटोको स–साना घैंटोलाई रातो हुनेगरी तताइन्छ र पाकेको चिया माटोको रातो पारिएको घैंटोमा हाल्दा फिजँ सहितको मिठो बास्ना आउँछ । मगमग बास्नादार चिया पिउँदा मनै आनन्द हुने संचालक भिमबहादुर मोत्तानले बताए ।
छिमेकी भारत र पाकस्थानमा उनले देखेको चिया खाने शैली नेपालीलाई चखाउने अभियानमा उनि लागेका छन ।
आज शुक्रबारदेखी औपचारिक सुरु हुने घैटो स्पेशल चियाको मुल्य प्रतिकप ४० रुपैयाँ पर्छ । होटल व्यावसायमा जमेका व्यावसासी नेपालमै केही गर्न चाहन्छन । नेपाली पुरानो कला शैलीमा डेकोरेसन गरिएको घैटोमा करिव ४० लाख लगानी भएको भिम बहादुर बोत्तान बताउँछन । चियाका अलावा स्पेशल नेवारी खाजा सेट, नेपाली खाना सेट, कफि, पिज्जामा पनि फरक स्वादमा दिने योजनामा छन मोत्तान ।


प्रतिक्रिया दिनुहोस्