अख्तियारको छानबिनमा १२ आयोजना, ६८ आयोजना गुणस्तरहीन « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

अख्तियारको छानबिनमा १२ आयोजना, ६८ आयोजना गुणस्तरहीन



काठमाडौं । प्राविधिक परीक्षण गरेका ११ राष्ट्रिय गौरवसहित ६८ आयोजना गुणस्तरहीन रहेको राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ । गुणस्तरहीन १२ आयोजनामाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल पठाएको छ ।

वार्षिक प्रतिवेदनमा १ सय ७ आयोजनाको प्राविधिक परीक्षण गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ५, कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयको १ र शिक्षा मन्त्रालयका २ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ३ आयोजनाको फाइल अख्तियारमा पठाइएको छ । गुणस्तर नियन्त्रण कायम गर्न भौतिक पूर्वाधारका ९, सहरी विकासका १०, ऊर्जा, जलस्रोत तथा सिँचाइका ११, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका ९, संघीय मामिलाका ११, सञ्चारका ९ र खानेपानी मन्त्रालयका ९ आयोजनालाई सुधार गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय गौरवका ११, सडक र ग्रामीण सडक आयोजना ६५, पुल आयोजना (झोलुंगे) ११, सिँचाइ आयोजना ६, भवन निर्माण तथा सहरी विकास आयोजना ३, विमानस्थल आयोजना १, खानेपानी तथा सरसफाइ आयोजना २, नदी तथा जल उत्पन्न प्रकोप आयोजना २ को प्राविधिक परीक्षण गरेको छ । १ जलविद्युत आयोजना, २ ऊर्जारविद्युत् प्रसारण तथा वितरण, २ दूरसञ्चार र अन्य १ आयोजनाको पनि प्राविधिक परीक्षण गरिएको छ । राष्ट्रिय सर्तकता केन्द्रले ९ प्रकारका परीक्षण गर्न मिल्ने उपकरण पनि किनेको छ ।

आर्थिक बर्ष २०७५/०७६ मा १ हजार ५ सय ३५ उजुरी परेका छन । अघिल्लो वर्षबाट सरेर आएका ३ सय ३६ समेत गरी जम्मा उजुरी १ हजार ८ सय ७१ भएको छ । तीमध्ये १ हजार ४ सय ११ फस्र्यौट भएको छ । थप छानबिन गर्न २ सय ५९ अख्तियारमा पठाइएको छ । २६ वटामा सुझाव, निर्देशन, सर्तक र ध्यानाकर्षण गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्