प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली « Arthapath.com
२८ माघ २०७६, मंगलवार

प्रहरीको २७ औं आईजीपीमा ठाकुर ज्ञवाली



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको अवकाश भएसँगै मन्त्रीपरिषद्को बैठकले २७ औं प्रहरी आईजीपीमा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ज्ञवालीको नाम ल्याउने भनिएपनि त्यो हुन सकेको थिएन । आजको बैठकले बरिष्ठ डिआइजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रीपरिषद्को बैठकमा लगिएको हो ।

आजबाट आईजीपी खनालसँगै ३ जना एआइजी र १८ डिआइजी अनिवार्य अवकास पाउँदै छन ।


प्रतिक्रिया दिनुहोस्