युनाइटेड फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

युनाइटेड फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीले शुक्रबार सूचना जारी गर्दै कर्जा तथा निक्षेपका लागि ब्याजदर घोषणा गरेको छ ।

कम्पनिले जारी गरेको सूचनामा नयाँ ब्याजदरमा कम्पनीले विभिन्न बचत खाताहरुमा ७ प्रतिशत ब्याजदर घोषणा गरेको हो । साधारण बचत, स्पेशल बचत, नव नारी बचत, अवसर बचत खाता लगायतका खाताहरुमा फाइनान्सले ७ प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यस्तै कम्पनीले मुद्दति खाताहरुमा ९.५ देखी १० प्रतिशतका दरले ब्याजदर तोकेको छ । ३ महिना देखी १ बर्ष सम्मको मुद्दति खातामा ९.५ प्रतिशत र १ बर्ष भन्दा माथिको मुद्दति खातामा १० प्रतिशतका दरले फाइनान्सले ब्याजदर निर्धारण गरेको छ ।

यसबाहेक फाइनान्सले कर्जा दिदा कर्जाको प्रकार अनुसार १५.८२ देखी १८.८२ प्रतिशत सम्म ब्याज लिने बताएको छ । हाल फाइनान्सको आधारदर १२.३२ रहेको छ । फाइनान्सले त्यसैमा ३.५ देखी ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको हो ।

जसमध्ये, फाइनान्सले आधारदर सहित घर कर्जामा १७.३२ प्रतिशत र गाडि कर्जामा १७.३२ देखि १८.३२ प्रतिशत सम्म ब्याज लिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्