होटेलका कर्मचारीलाई एक महिना बिदा « Arthapath.com
१० चैत्र २०७६, सोमबार

होटेलका कर्मचारीलाई एक महिना बिदा



काठमाडौं । कारोना संक्रास बढे सँगै होटल संघ नेपालले ठूला तथा तारे होटलहरुले आफ्ना कर्मचारीलाई एक महिनाको विदा दिने निर्णय गरेका छन ।

आईतवार तारे तथा ठूला होटेलले कर्मचारीलाई एक महिना बिदा दिने निर्णय गरेका हुन । वर्तमान समयलाई हेरेर संघले १ महिनाको लागि होटलमा कार्यरत अत्यावश्यक सबेवामा खटिएका कर्मचारी तथा श्रमिकबाहेक अन्य कर्मचारी र श्रमिकलाई एक महिना बिदामा पठाउने निर्णय गरिएको संघका बरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।

संघ र तीन वटै ट्रेड यूनियन जारि गरेको विज्ञप्तिमा भनेको छ, परिस्थितिको समिक्षा गरी यो समय भने हेरफेर हुने उल्लेख गरेको छ ।

होटेलमा खटिने कर्मचारीलाई आवश्यक पर्ने स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जाको व्यावस्था गरि होटलको सेवामा खटाउने समेत विज्ञप्तिमा उल्लेख छ । कर्मचारीको बिदा भने संचित बिदाबाट कटैति गर्ने तर कर्मचारीको सेवा सुविधा कतौटी नहुने भएको जनाएको छ । संघले संचित बिदा नहुने कर्मचारीको हकमा अग्रिम बिदामार्फत समायोजन गर्ने गरी व्यवस्थापन गरिने भएको संघ र ट्रेड यूनियनहरुले संयूक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना रहेसम्म लिभ ट्राभल एलाउन्स भने उपलब्ध गराउन नसकिने निर्णय होटेल व्यवसायीले गरेका छन् । महामारीको प्रकोपले होटेल तथा पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र क्षतिको विषयमा हान र ट्रेड यूनियनको संयूक्त प्रतिनिधिले नेपाल सरकार र सम्बन्धित निकायमा होटेल तथा होटेलमा कार्यरत श्रमिको लागि आवश्य पर्ने राहत र सुविधाका विषयमा अनुरोध गर्ने संयूक्तरुपमा जारि गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्