काठमाण्डाैंमा २१६ सहित ६३४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १४६ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा ६३४ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६३४ जनामा कोरोना भाईरस सक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ११ जना संक्रिमतको मृत्यु भएको हो।
त्यस्तै काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।


















