समता लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश दिने « Arthapath.com
७ भाद्र २०७७, आईतवार

समता लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश दिने



काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको भदौ ५ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ३ करोड ८२ लाख २३ हजार ३ सय ६० रुपैयाँ बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ६ दशमलव ३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार पाँच सय ३५ रुपैयाँ नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ११ लाख रहेको छ ।


प्रतिक्रिया दिनुहोस्