माउण्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्ती « Arthapath.com
२६ असार २०८२, बिहीबार

माउण्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्ती



काठमाडौं । सर्वसारधारणहरुमा शेयर निष्काशन भई बांडफांड गर्न बांकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । मंसिर ४ गते विहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटल विच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ ।

अव उक्त शेयरहरु बांडफांट भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचिकरण पश्चात बांडफांटमा परेका शेयरधनीहरुको शेयर हितग्राही खातामा जम्मा गर्ने लगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । उक्त सम्झौतामा माउण्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक श्री डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्