१० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, आईपीओमा १० लाख बढि सहभागी हुने अपेक्षा « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

१० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, आईपीओमा १० लाख बढि सहभागी हुने अपेक्षा



काठमाडौं । गैरआवासीय नेपालीहरुको लगानीमा स्थापना हुन लागेको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड दर्ता गरिएको छ । १० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको हो ।

५ प्रतिशत (५० करोड) लगानी सहित सरकारसमेत प्रवद्र्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भईसकेको छ । कम्तीमा रु. १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

८५ प्रतिशत लगानी गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिने छ । जसमा १० लाख नेपाली सहभागी हुने अपेक्षा संघले गरेको छ ।

संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउने कम्पनीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्