समता घरेलु लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढ्यो, नाफामा १११ प्रतिशतले बृद्धि « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

समता घरेलु लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढ्यो, नाफामा १११ प्रतिशतले बृद्धि



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १११.११ प्रतिशत बढेर १० करोड ८३ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ५ करोड १३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत बढेर २० करोड २९ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लुघवित्तले १२ करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढेर २८ करोड ५६ लाख २० हजार रुपैयाँ, जगेडा कोष ४३.११ प्रतिशत बढेर १७ करोड ५४ लाख ४५ हजार रुपैयाँ जम्मा रहेको छ । यस अवधिमा लघुवित्तको सापटी ६०.६४ प्रतिशत बढेर १ अर्ब ४० करोड ५३ लाख ३९ हजार रुपैयाँ, निक्षेप ५४.५४ प्रतिशत बढेर ९३ करोड ७० लाख रुपैयाँ र कर्जा ५७.९८ प्रतिशत बढेर २ अर्ब ७१ करोड ७ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८ पैसा बढेर ३७ रुपैयाँ ९४ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा रहेको छ ।

ऋघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा ८ करोड १४ लाख ७४ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो भने गत आवमा बढेर १७ करोड २० लाख २ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्