आरम्भ चौतारी लघुवित्तले सबै सूचकमा फड्को मार्यो, नाफा ३९०.५७ प्रतिशतले उछाल, अन्य सूचकमा चम्कियो « Arthapath.com
२० श्रावण २०७८, बुधबार

आरम्भ चौतारी लघुवित्तले सबै सूचकमा फड्को मार्यो, नाफा ३९०.५७ प्रतिशतले उछाल, अन्य सूचकमा चम्कियो



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३९०.५७ प्रतिशत बढेर ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म लघुवित्तले २ करोड ४० लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११०.९८ प्रतिशत बढेर ३० करोड ७२ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म लघुवित्तले खुद ब्याज आम्दानी १४ करोड ५६ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा ३६०.५२ प्रतिशत बढेर १५ कोड ८८ लाख ७६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३ करोड ४४ लाख ९९ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ९० लाख रुपैयाँ छुट्याएको छ भने २ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ८.८५ बढेर २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष १३२.५५ प्रतिशत बढेर १६ करोड ३६ लाख २८ हजार रुपैयाँ, सापटी ९५.०६ प्रतिशत बढेर २ अर्ब ७७ करोड ८५ लाख १२ हजार रुपैयाँ, निक्षेप ४३.५८ प्रतिशत बढेर १ अर्ब २७ करोड १७ लाख ३५ हजार रुपैयाँ र कर्जा ७१.७८ प्रतिशत बढेर ४ अर्ब ३२ करोड २० लाख रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १ रुपैयाँ १३ पैसा बढेर ४१ रुपैयाँ १३ पैसा छ । अघिल्लो आवको सोही अवधिमा ३२ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.२७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्