सुर्खेत प्रहरीलाई मेरो माइक्रो फाइनान्सको सहयोग  « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

सुर्खेत प्रहरीलाई मेरो माइक्रो फाइनान्सको सहयोग 



काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले सुर्खेत प्रहरी चौकीका लागि १५ थान कुर्सी र एक टेबल सहयोग गरेको छ ।

लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी तथा नागरिकको सुविधाको लागि शाखा कार्यालय वीरेन्द्रनगर, सुर्खेतले बाङ्गे सिमल प्रहरी चौकीलाई कुर्सी सहयोग गरेको हो । 

वीरेन्द्रनगरका शाखा प्रबन्धक प्रशान्त शाहले कुर्सी हस्तान्तरण गर्दै संस्थाले सदैव आफ्ना ग्राहक तथा सरोकारवालाहरूको हितलाई सर्वोपरि मान्दै आएको र संस्थाले सामाजिक विकास प्रति सधैँ सजग र सचेत रहेको बताए ।

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सुर्खेत जिल्लामा ३ शाखा कार्यालय सहित वीरेन्द्रनगर अनुगमन कार्यालय अन्तर्गत दैलेख, जाजरकोट, कालिकोट र रुकुममा समेत लघु बित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्