इभि एक्स्पोमा यस्तो देखियो ‘नेटा भि’ को प्रदर्शनी « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

इभि एक्स्पोमा यस्तो देखियो ‘नेटा भि’ को प्रदर्शनी



काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्न लागेको हो ।

इभी एक्स्पो २०२२ मा नेटा भी पनि प्रदर्शनीमा राखिएको छ । इभि शो माअ नेटा भि गाडी बिक्रेताहरुले आउने आगन्तुकहरुलाइ यस्को मुल्य, फिचर्स लगाएतको बारेमा जानकारी गराएका छन् । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले यसको बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ छ । यो कारले एक पटकको फुल चार्जमा ३८० भन्दा माथिको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो ३८.५४ किलोवाट प्रति घण्टा ब्याट्री र १६० एनएम टर्क उत्पादन गर्दछ । यसको उच्च गति १०१ किलोमिटर प्रति घण्टा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ब्याट्री, मोटर र पावर इलेक्ट्रोनिक्समा ८ बर्ष वा एक लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ । त्यस्तै अन्य संरचनामा भने १० वर्ष वा एक लाख ५० हजार किलोमिटरसम्म वारेन्टी तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्