चालु आवको नौ महिनासम्ममा व्यापार घाटा १७.१ घट्यो, चालु खातामा सुधार « Arthapath.com
२९ बैशाख २०८०, शुक्रबार

चालु आवको नौ महिनासम्ममा व्यापार घाटा १७.१ घट्यो, चालु खातामा सुधार



काठमाडौं । चालु आर्थिक वर्ष वैदेशिक व्यापारमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार आर्थिक वर्ष २०७९÷८० को नौ महिनासम्ममा व्यापार घाटा १७.१ घटेको जनाएको हो ।

यस अवधिमा निर्यात २६.३ प्रतिशत र वस्तु आयात १८.१ प्रतिशत प्रतिशतले घटेका छन् । चालु आर्थिक वर्षको नौ महिनाको मासिक औसत आयात १ खर्ब ३३ अर्ब ५० करोड रहेको छ । आयात प्रतिबन्ध र प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नु पर्ने सम्वन्धी व्यवस्था हटाइएसँगै आयात र व्यापार घाटाको घट्दो क्रम भनेकम हुँदैगएको छ । चालु वर्ष वस्तु आयात करीब १६ खर्ब ५० अर्ब हुने अनुमान छ ।

चालु आर्थिक वर्ष चालु खाता सुधार भएपनि अझै घाटामा रहेको छ तापनि शोधनान्तर बचत भएको छ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । तथापि, पुँजी आप्रवाह, उधारो आयात र बाह्य ऋण परिचालनका कारण शोधनान्तर स्थिति भने १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोड र शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

विप्रेषण आप्रवाह सुधारोन्मुख रहेको छ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशत र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्