आरम्भ चौतारी लघुवित्तको जगेडा कोषको आकार बढ्यो, साढे २६ करोड बढी ब्याज आम्दानी (विवरणसहित)

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको रिपोर्टमा कम्पनीको ब्याज आम्दानी २६ करोड ७० लाख ४८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको भन्दा भने उक्त आम्दानी कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको ब्याज आम्दानी ३६ करोड ६ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिसम्म कम्पनीको संचालन नाफा ५ करोड ८७ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको उक्त नाफा ४०.३७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ९ करोड ८४ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
गत आवको असार मसान्तसम्ममा कम्पनीको मुनाफा ऋणत्मक रहेको छ । यस अवधिमा कम्पनी २ करोड ५९ लाख ९२ हजार रुपैयाँ ऋणत्मक छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३ करोड ५० लाख ८ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा ओरालो लाग्दा नाफा प्रभावित बनेको हो । आर्थिक मन्दी, लघुवित्त विरोधि आद्धोलन र लगायतका समस्याका कारण मुनाफा ओरालो लागेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३६ करोड ७१ लाख ४३ हजर रुपैयाँ, जगेडा कोष ०.३५ प्रतिशतले बढेर १७ करोड ३८ लाख ८९ हजार रुपैयाँ, वितरणयोग्य नाफा १ करोड ९३ लाख ५६ हजार रुपैयाँ ऋणत्मक, सापटी २ अर्ब ८० करोड ९४ लाख रुपैयाँ र खराब कर्जा ८.६३ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८ पैसा ऋणत्मक र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ १६ पैसा रहेको छ ।