एलिकाको दशैं तिहार २०८० अफर सार्वजनिक, यस्ता छन् सुविधा « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

एलिकाको दशैं तिहार २०८० अफर सार्वजनिक, यस्ता छन् सुविधा



काठमाडौँ । ईओएल प्रलि नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो ।

नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहारमा, उपहार साथमा” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना भदौ २८ गतेदेखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।

एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् । ३,८०० कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन् । एलिकाको को खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ ।


प्रतिक्रिया दिनुहोस्