टी–२० विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख पुरस्कार दिने
काठमाडौँ । नेपालमा जारी टी–२० विश्वकपमा घरेलु टोलि (नेपाल) छनोट भए नोबेल मेडिकल कलेज हस्पिटलले १५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । मेडिकलले एक सूचना जारी गर्दै उक्त पुरस्कारको घोषणा गरेको हो ।
टी–२० विश्वकप छनोट प्रतियोगिता जिते थप ५ लाख दिने कलेजका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एसिया कपबाट अर्ना बियरले नेपाली खेलाडीहरुलाई पुरस्कार राशी प्रदान गर्न थालेको थियो। टी–२० विश्वकप छनोटमा समेत अर्नाले आकर्षक पुरस्कार घोषणा गरी सकेको छ । अन्य कम्पनीहरुपनि थपिदैं गएका छन् ।
बुधबार मात्रै डिशहोमले पनि पुरस्कार राशी घोषणा गरेको छ। उसले जारी प्रतियोगिताका खेलका लागि शतक हान्ने नेपाली खेलाडीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ।