केबुलकार सेवालाई यातायातको रुपमा विकास र प्रयोग गर्न आवश्यकः घिसिङ « Arthapath.com
३ मंसिर २०८०, आईतवार

केबुलकार सेवालाई यातायातको रुपमा विकास र प्रयोग गर्न आवश्यकः घिसिङ



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकार सेवालाई यातायातको रुपमा विकास र प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । लुम्बिनी केबुलकारको निरिक्षणपछि उनले यस्तो बताएका हुन् ।

धेरै केबुलकारहरुले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत खपत पनि राम्रो गर्ने उनले बताए । ‘नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ’ उनले भने ।

‘केबुलकारहरुले हाम्रो विद्युतको खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरु बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ’ उनले भने, ‘केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा केबुलकारको महत्वपूर्ण भूमिका हुनेछ।’


प्रतिक्रिया दिनुहोस्