नेपालमा पहिलो पटक माछापुच्छ्रेले पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ « Arthapath.com
१२ मंसिर २०८०, मंगलवार

नेपालमा पहिलो पटक माछापुच्छ्रेले पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ



काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने बैंक नेपालमै पहिलो बैंक भएको हो ।

नेपालभरका फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब बैंकका फिनपीओएस मर्चेन्टहरुले कार्ड, क्यूआर (नेपाल पे वा फोन पे) र एम स्मार्ट एनएफसीमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुनेछ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ । साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यस सुविधाबाट बैंकका हजार भन्दा बढी प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्