सोनापुर मिनरल्स् एण्ड आयलको साधारणसभा सम्पन्न, दुई संचालक निर्विरोध चुनिए « Arthapath.com
२८ माघ २०८०, आईतवार

सोनापुर मिनरल्स् एण्ड आयलको साधारणसभा सम्पन्न, दुई संचालक निर्विरोध चुनिए



काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरि पारित भएको छ ।

यस्तै, आलु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

उक्त साधारण सभामा सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस्