टानका सदस्यलाई गरिमा विकास बैंकले सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा दिने « Arthapath.com
५ चैत्र २०८०, सोमबार

टानका सदस्यलाई गरिमा विकास बैंकले सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा दिने



काठमाडौं । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रमार्फत टानका सदस्यहरूलाई गरिमाले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ । साथै ५ लाख रुपैयाँसम्म को बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ ।

यस्ता सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्नेछन् । साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

गरिमा विकास बैंकले उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्