नेरूडे मिर्मिरे लघुवित्तले दियो ११ लाख २५ हजार बीमा रकम
काठमाडौं । नेरुडे मिर्मिरे लघुबित्त वित्तीय संस्थाले सवा ११ लाख रुपैयाँ बीमा रकम भुक्तानी दिएको छ । कम्पनीको शाखा कार्यालय हसुलियाले बिमा दाबी बापत ११ लाख २५ हजार २५९ एक परिवारलाइ भुक्तानी गरेको हो ।
शाखा कार्यालय हसुलियाको केन्द्र न. ७८ पबेरा मिर्मिरे ब्यावसायिक समुहमा आबद्ध सदस्य शिशिर चौधरीको मृत्यु पश्चात कर्जाको म्यादी जीबन बिमा बापत मृतकको श्रीमती मोनिका चौधरीलाई बिमाङ्क तथा क्रिया खर्च वापतको उक्त रकम भुक्तानी गरेको हो ।
संस्थाले मेट लाईफसंग चौधरीको जीवन बिमा सहकार्य गरेको थियो । उक्त दाबी रकम कैलारी गाउँपालिका वडा नं. ५ का अध्यक्ष बिष्णु चौधरीले चेक मार्फत हस्तान्तरण गरेका हुन् ।
दाबी रकम हस्तान्तरण कार्यक्रममा बौनिया क्लष्टर प्रमुख मनोज कुमार ओली, सुदुर पश्चिम प्रदेशका कर्मचारीहरू आयोग घिमिरे, कर्जा असुली प्रमुख सुरत बहादुर सुनार, शाखा प्रमुख पुष्पराज कडायत, शाखाका कर्मचारीहरु गोपाल बहादुर कडायत, जानकी शाही, नरेश कुवँर तथा केन्द्र नं. ७८ का सदस्यहरु तथा स्थानीय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।