आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आगामी चैत ३० गते वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको चैत ७ गते बुधवार बसेको सञ्चालक समिति बैठकले सभाका लागि मिति तय गरेको हो । सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरि पारित हुनेछन् । यस्तै, चालु आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण पनि हुनेछ ।
यो वर्ष कम्पनीले लगानीकर्तालाई कुनै पनि लाभांश नदिने भएको छ। कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि चैत २१ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।