माछापुच्छ्रे बैंकले बनाइदियो सुदुरपश्चिमको शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय « Arthapath.com
२१ असार २०८२, शनिबार

माछापुच्छ्रे बैंकले बनाइदियो सुदुरपश्चिमको शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय



काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिमको शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय निर्माण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी-६ बडेहाँ स्थित उक्त विद्यालयमा शौचालय निर्माण गरेको हो ।

विहिबारका दिन एक औपचारिक कार्यक्रमका वीच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो । १ हजार ८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराव थियो । विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो ।

उक्त शौचालय हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिका–६ का अध्यक्ष जहरु साउद बैंकलाई धन्यवादन दिए । उनले आगामी दिनमा पनि माछापुच्छ«े बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानिय निकायहरुसंग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुदै जाने विश्वास व्यक्त गरे ।

सोही अवसरमा बैंकका महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैंकले सामाजिक कार्यमा सधै तत्परता देखाउने बताए । उनले विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले निर्माण गरिदिएको बताए ।

साही कार्यक्रममा विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले बैंकले विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गरे । यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए ।

बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्