आम्दानीसँगै बढ्यो साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

आम्दानीसँगै बढ्यो साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नाफा ४० प्रतिशत बढेको छ ।कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तेस्रो त्रैमासको तुलनामा ४० प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ७१ लाख नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको आम्दानीमा पनि ६३.७७ प्रतिशत बढेको छ । यसरी आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न टेवा पुगेको हो ।

समिक्षा अवधिमा कम्पनीको आम्दानी ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा भने कम्पनीको आम्दानी ५ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । यस्तै, कम्पनीको अन्य आम्दानी २ करोड ७३ लाख कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब ३९ करोड रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २१ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ५५ पैसा रहेको छ


प्रतिक्रिया दिनुहोस्