राइटपाथको आयोजनामा ग्राण्ड एजुकेशन कन्क्लेभ हुने « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

राइटपाथको आयोजनामा ग्राण्ड एजुकेशन कन्क्लेभ हुने



काठमाडौं । ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले लामो समयदेखि विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गर्दै आएको छ ।

सोही राइटपाथ कन्सल्टिेन्सिले यही आगामी मे ११ देखि २१ सम्म ९वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४आयोजना गर्ने भएको छ ।

विगतका वर्षहरुमा पनि सोही संस्थाले यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

हाल सुरु हुन लागेको कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरुमा सम्पन्न हुनेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ् तथा ८ गते ललितपूरमा सम्पन्न हुने भएको छ ।

कन्क्लेभ लक्षित अफरहरु
एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरुको पनि व्यवस्था गरिएको छ ।

त्यस्तै, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्न सकिने
व्यवस्था गरिएको छ ।

२० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै छानामुनी भेट्न सक्नेछन् ।
राइटपाथका प्रमुख कार्यकारी अधिकृत सीईओ फिलिप्स डिसीले भने,‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउन सक्छन् भन्ने नैे कार्यक्रमको उदेश्य हो ।

विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ । उनले विद्यार्थीहरुलाई परिक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परिक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन् ।

वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्