रियलमीको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी नेपालमा सार्वजनिक
काठमाडौ । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउने भएको छ ।
नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ भने यसमा ६००० एमएएच् टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध रहेको छ, जसले छिटो र प्रभावकारी चार्जिङ अनुभव प्रदान गर्छ ।
७ दशमलव ३८ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन तथा ग्लोइङ लुनार डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा आईपी ६९ स्तरको पानी प्रतिरोधी सुविधा रहेको छ । यसमा १ दशमलव ५ के क्वाड–कभ्र्ड एमोलेड डिस्प्ले तथा ओआईएस सहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेरा जडान गरिएको छ ।
साथै, ६०५० वर्ग मिलिमिटर एरोस्पेस भीसी कुलिङ प्रणाली, १२ जिबी र्याम, २५६ जिबीसम्म स्टोरेज, जीटी बुस्ट, रियलमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स जस्ता विशेषता समावेश गरिएको छ ।
रियलमी पी३ अल्ट्रा फाइभजी (१२ जिबी + २५६ जिबी) ग्लोइङ लुनार ह्वाइट र नेप्च्युन ब्लु रंगमा रु. ६५,९९९ मा उपलब्ध हुनेछ ।












