लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय, इलाका तथा शाखा कार्यालयका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले केन्द्रिय कार्यालयको जनशक्ति तथा तालिम विभागका लागि बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत र बरिष्ठ अधिकृत केही संख्यामा मागेको छ । साथै कम्पनीले केन्दिय कार्यालयका लागि लेखा विभागमा बरिष्ठ सहायक, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक तथा वित्त विभागमा कनिष्ठ अधिकृत, बरिष्ठ सहायक तथा कर्जा जोखिम तथा असुली विभागमा बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक तथा सूचना तथा प्रविधि विभागमा अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायकमा केही संख्यामा र ग्राकह सेवा डेस्क रिसेप्शनिष्टमा सहायक अधिकृत, कनिष्ठ अधिकृत र बरिष्ठ सहायकमा १ जना माग गरेको छ ।

त्यस्तै ईलाकामा अनुगमन अधिकृत ईलाका प्रमुखमा सहायक अधिकृत, कनिष्ठ अधिकृत तथा शाखा कार्यालयका लागि शाखा प्रमुखमा बरिष्ठ सहायक, सहायक तथा फिल्ड कर्मचारीमा कनिष्ठ सहायक र प्रशिक्षार्थीमा प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्णदेखि स्नातक उत्तिर्ण तथा बैंक वित्तीय संस्थामा अनुभव समेटेका कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख १६ गते) ले १५ दिन भित्र वित्तीय संस्थाको वेभसाइट www.samata.org.np मा गई carrer section को apply on current vacancy मा click गरी आवश्यक विवरणहरु भरी तथा वित्तीय संस्थाको केन्द्रिय कार्यालय बनेपा ७ काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्