नरेन्द्र बिष्टले दिए शिखर नगरपालिका वडा न ११ मा वडा अध्यक्षको उम्मेदवारी « Arthapath.com
१६ असार २०८२, सोमबार

नरेन्द्र बिष्टले दिए शिखर नगरपालिका वडा न ११ मा वडा अध्यक्षको उम्मेदवारी



काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागि युवा नेता नरेन्द्र बिष्टले डोटि जिल्ला शिखर नगरपालिका वडा ११ को वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । विष्टले राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

बिष्ट राजनीतिक शास्त्रमा स्नाकोत्तर उत्तिर्ण ब्यक्ति हुन । राष्ट्रिय पाटीहरुले जनतालाई आश्वासनको खोल मात्र ओडाएको, भष्ट्राचारमा लिप्त भएको र जनताको हितमा काम गर्ने भनि सिन्को समेत नभाचेको भन्दै उनले यस्ता समस्या चिर्ने आफ्नो उम्मेदवारी रहेको बताए । २०७४ सालको निर्वाचनमा जनताले शिक्षा, स्वास्थ्य, खानेपानी, सिर्जनात्मक तालिम माग गर्दै आइरहेको र २०७९ पनि सोही माग दोहरि रहेको भनाइ उनको रहेको थियो । जनताको ठूलो ठूलो माग नभएको वडा न ११ का स्थानियले स्वास्थ्य चौकी, ब्यवस्थित खानेपानी, गुणस्तिरिय शिक्षा र स्वदेशी मै केही गर्ने सकिने सिप माग गरेको र ति आवश्यकता सामाधान गर्ने सक्ने एजेण्डा र एजेण्डा कार्यन्वयन गर्ने आधार सहित आफु प्रस्तुत भएको जनाएका छन् । इतिहास र पाटी हेरेर मतदान गर्नु भन्दा ब्यक्तिको एजेण्डा हेरेर मतदान गर्ने बिष्टले आव्हान गरे ।

उनले प्रस्तुत गरेको एजेण्डामा सबै बस्तीलाई जोड्नेगरी सिमार देखि मल्लीसात सम्म सडक निर्माण, पाइक पर्ने स्थानमा मावि र स्वास्थ चौकी, सिमसार क्षेत्रमा आधुनिक सिचाइ, माटो सुहाउदो खेतीलाई प्रोत्साहन, ब्यापारिक तथा सिर्जनात्मक तालिम, ब्यवस्थित खानेपानीमा जोड, महिनामा एक पटक स्थानियसँग अन्र्तक्रिया कार्यक्रम, घरेलु समस्या समाधानका लागि प्रत्यक टोलमा न्यायिक समित, खेलकुदमा युवाको सहभागितालाई जोड दिन खेलकुद समिति, स्थानिय स्तरमा उत्पादन हुने तरकारी, केरा खेती, फलफुल लगायतका बस्तुलाई बजार ब्यवस्थापनमा जोड लगायत समृद्धिका एजेण्डा बोकेका छन् । ठूलो ठूलो कुरा गरेर आफु भाषणमुखी नहुने र गरेर देखाउने उनको प्रतिबद्धता रहेको छ ।

स्वदेश मै समृद्धिको खानी रहेको र विदेश पलायन हुन जनशक्तिलाई स्थानिय क्षेत्र मै स्वारोजगारी प्रदान गर्न आफ्नो पहिलो भुमिका हुने उनले जनाए । उनी आफै पनि स्थानिय क्षेत्र कै एक प्रसिद्ध ब्यापारि हुन ।


प्रतिक्रिया दिनुहोस्