१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो, यसपाली तलब कति ? (सूचनासहित)

काठमाडौं । सरकाले आसन्न संघीय तथा प्रदेश सभाका निर्वाचनका लागि ठुलो संख्यामा म्यादी प्रहरी माग गरेको छ ।
आगामी मंसिर ४ गते हुने चुनावका लागि सरकारले १ लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने भएको हो ।
इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सक्नेछन् ।
म्यादी प्रहरीका लागि नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिकरूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।
म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ गते कार्यालय सयमसम्म (सार्वजनिक बिदा समेत) दरखास्त दिन सकिनेछ । दरखास्त सबै जिल्ला प्रहरी कार्यालयहरुमा बुझाउन सकिनेछ । म्यादी प्रहरीको अवधिमा भने ४० दिनको हुनेछ ।
