कर्मचारी सञ्चय कोषको प्रशासक पदका लागि दरखास्त आव्हान « Arthapath.com
२ आश्विन २०७९, आईतवार

कर्मचारी सञ्चय कोषको प्रशासक पदका लागि दरखास्त आव्हान



काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रशासक पदका लागि दरखास्त आव्हान गरेको छ ।

कोषले रिक्त रहेको प्रशासक पदमा खुला प्रतिष्पर्धात्मक प्रतियोगितात्मकद्वारा पदपूर्ति गर्न लागेको लागेको हो । कोषले आइतबार एक सूचना जारी गर्दै प्रशासक पदका लागि छनौट तथा सिफारिस गर्न लागेको जनाएको छ ।

उक्त पदका लागि इच्छुक योग्य नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । कोषका अनुसार मिति (असोज २ गते) ले २१ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्नेछ ।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ६क बमोजिम योग्यता तथा अनुभवभएको हुनुर्ने, अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनेपर्ने छ ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना :

Tags :

प्रतिक्रिया दिनुहोस्