युनियन हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित « Arthapath.com
२५ असार २०७८, शुक्रबार

युनियन हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित



काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको २ आर्थिक बर्षको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीको १३ औँ र १४ औँ साधारणसभा आज कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न भएको सभाले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७५—०७६ र ०७६—०७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित माथि छलफल गरि पारित गरेको छ ।

त्यस्तै, सभाले मिदिम खोला करापु जलविद्युत आयोजनाका लागि लिइएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्