रेस्टुरेन्ट हब बन्दै मनोहरा रिभर साइड (फोटो फिचर) « Arthapath.com
९ माघ २०७८, आईतवार

रेस्टुरेन्ट हब बन्दै मनोहरा रिभर साइड (फोटो फिचर)



काठमाडौँ। सानोठिमीको मनोहरा खोला किनार रेस्टुरेन्ट हब बन्दै गएको छ। नयाँ प्लानिंग गरे संगै यस एरियामा रेस्टुरेन्टहरु खुल्ने क्रम सुरु भएको हो। बर्गर डटकम, छानो, ह्वाइट र्‍याबिट, सिलौटो सेकुवा घर, म्याड्रिक्स,माछा हाउस, बर्गर हाउस एन्ड क्रन्ची फ्रायड चिकेन, शानदार मःम, ससुराली, पेरुङ्गो लगाएत दुइ दर्जन भन्दा बढी रेस्टुरेन्ट खुली सकेका छन्।

रेस्टुरेन्टहरु खुले संगै यहाँका ब्यबसायीहरुले मिलेर ‘मनोहरा रिभर साइड रेस्टुरेन्ट ब्यबसायी समिति’ पनि सुरु गरेका छन्। समिति भए पछि यहाँ हुने विभिन्न समस्याहरु तथा यहाँ आउने ग्राहक हरुको लागि पनि केहि गर्न सकिने भएकोले समिति खोलिएको अध्यक्ष सुकदेव नेपालले बताए। अहिलेको विषम परिस्थिति र कोभिडको महामारीलाई ध्यानमा राख्दै समितिले विभिन्न सुरक्षा अपनाएको समितिका उपाध्यक्ष आभाष अधिकारीले जानकारी दिए। शनिबार बाट यस क्षेत्रमा आउने सर्वसाधारणको लागी निशुल्क मास्क वितरण कार्यको शुभारम्भ गरिएको छ।

यस क्षेत्रलाइ काठमाडौँको लेक साइडको रुपमा बिकसित गर्दै लग्ने युवा ब्यबसायीहरुको योजना रहेको छ। काठमाडौँबाट नजिक भिडभाड बाट पर शान्त एरियामा भेराइटी रेस्टुरेन्ट र ति रेस्टुरेन्टले प्रदान गर्ने विभिन्न खानाको स्वादले जो कोहिलाई लोभ्याउनेछ। मनोहरा खोलाको किनार र शान्त बातावरण संगै खुलेका रेस्टुरेन्टले आ आफ्नै बिसेषता बोकेका छन्।

एकाधबाहेक यहाँ फ्रेन्चाइज रेष्टुरेन्ट छैन । अधिकांशले यही थलोमा आफ्नो पहिलो व्यवसाय शुरू गरेका हुन्(बर्गर डटकम, छानो, म्याड्रिक्स,माछा हाउस,सिलौटो, ह्वाइट र्‍याबिट,ससुराली ।

ग्राहकहरू खान मात्र आउँदैनन् । यहाँका अधिकांश रेष्टुरेन्ट घुमेपछि यस्तै लाग्छ । किनभने सबै रेष्टुरेन्टले ग्राहकका लागि यस्तो संरचना बनाइदिएका छन् कि, जहाँ टिकटक बनाउन सकियोस् । फोटो खिच्ने वा टिकटक बनाउनेकै लागि आन्तरिक सज्जामा विशेष ध्यान दिइएको छ ।

‘यहाँ त ग्राहकहरू टिकटक बनाउनका लागि पनि आउँछन्’ माछा हाउसका आभाष अधिकारी भन्छन् । उनका अनुसार धेरैजसो युवा खाँदै टिकटक बनाउँछन् । ‘म्यड्रिक्स’ रेष्टुरेन्टका सञ्चालक पनि ग्राहकहरू यहाँ आएपछि टिकटक बनाउन रुचाउने बताउँछन् । ‘त्यही भएर हामीले उनीहरूलाई फोटो खिच्न, टिकटक बनाउन मिल्ने संरचना बनाइदिएका छौं’, उनी भन्छन् ।

त्यसो त शुरू शुरूमा यहाँ टिकटक बनाउनकै लागि युवायुवती आउने गर्थे । प्लटिङका लागि व्यवस्थित बाटो र पार्क बनाइएपछि सनसिटी अपार्टमेन्ट अनि मनोहरा खोलालाई पृष्ठभूमिमा राखेर टिकटक बनाउनेको ओइरो लाग्यो ।


प्रतिक्रिया दिनुहोस्