उपत्यका भित्रका जग्गा प्रति आना ६६ लाख रुपैयाँ « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

उपत्यका भित्रका जग्गा प्रति आना ६६ लाख रुपैयाँ



काठमाडौं । काठमाडौं उपत्यका भित्र जग्गाको मूल्य प्रति आना ६६ लाख रुपैयाँ पुगेको छ । मालपोत कार्यलयले जग्गाको मूल्यांकन गरी चालु आर्थिक बर्ष २०७९÷८० को मूल्य कायम गरेको हो । जस अनुसार काठमाडौ उपत्यकाको मुुटु मानिएको क्षेत्रमा प्रति आना ६६ लाख रुपैयाँ तोकिएको छ ।

डिल्लीबजार मालपोत कार्यलयले हनुमानढोका पूर्व नयाँसडक, पुरानो नगरपालिका भवनको दक्षिण चोकबाट जूद्धशमसेर सालिक हुँदै इन्द्रचोकसम्म, न्यूरोड पिपलबोट, आरबी कम्प्लेकस, खिचापोखरी, धरहरा लगायत वरपरका जग्गाको मूल्य ६६ लाख रुपैयाँ प्रति आना तोकेको छ । त्यस्तै, माइतीघर, सिंहदरबार पश्चिमगेट, पूतलीसडक कृष्ण पाउरोटी, हात्तिसार, जय नेपाल कान्तिपथ, जमल, दरबारमार्ग, कमलादी, जमल, रत्नपार्क पुरानो बसपार्क, शहिदगेट, भद्रकाली लगायतका क्षेत्रका जग्गाको मूल्य पनि ६६ लाख रुपैयाँ प्रति आना तोकिएको छ ।

त्यस्तै, डिल्लीबजार मालपोत कार्यलय बालकुमारी पुलदेखि कोटेश्वर हुँदै तीनकुने, मिनभवन, नयाँबानेश्वर, बिजुलीबजार, थापाथली, त्रिपुरेश्वर हुँदै विष्णुमति पुलसम्मका मुलसडकसग जोडिएका जग्गा, नयाँबानेश्वर चोकेदेखि कान्तिपुर डेन्टल चोक, पुरानो बानेश्वर चोकदेखि गौशाला चोक, माइतिघर मण्डला पुरातत्व विभाग पूर्व सिंहदरबार दक्षिणगेट, हनुमानस्थान वरपरको जग्गाको मूल्य प्रति आना ३९ लाख ६० हजार रुपैयाँ तोकेको छ । त्यस्तै, बनस्थली, बालाजु, गोंगबु, महाराजगंज, धूम्बाराही, नयाँ बानेश्वर कान्तिपुर डेन्टल हस्पिटल चोक, रत्नराज्य स्कुल, पुरानो बानेश्वर चोक, ३५ लाख २० हजार प्रति आना तोकिएको छ । पुरानो बानेश्वर चोकदेखि भीमसेनगोला चोक, सिनामंगल बागमति पूल हुँदै केएमसी चक्रपथ सम्मका मूलबाटोसँग ३७ लाख ४० हजार रुपैयाँ प्रति आना तोकिएको छ ।

रिङरोड चक्रपथ ट्रयाकसँग जोडिएको दायाँ बायाँको (बल्खु देखि वनस्थलीसम्म) जग्गा प्रति आना ३८ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ । कलंकी मालपोत कार्यलयले आफनो मातहतका क्षेत्रको मूल्यांकन गर्दै मूल्य तोकेको छ । विष्णुमति खोला पुल देखि रविभवनको सिमासम्म र कालिमाटी चोक देखि दक्षिण तर्फ कालीमाटी बल्खु मुल सडकमा ३६ लाख ३० हजार रुपैयाँ प्रति आना तोकिएको छ ।

कालीमाटी टंकेश्वर परोपकार विद्यालयको बिष्णुमति पुल पश्चिम हुँदै शिक्षा क्याम्पस ताहाचाल चोकबाट छाउनी म्युजियम हुदै सितापाईला रिङरोड चोकसम्मको पक्की सडक भएको जग्गाको प्रति आना दुई लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

सोल्टीमोड देखि हिमालय हाइट र छिन्नलता पुस्तकालयसम्मको पक्की सडकको एक लाख ८० हजार तोकिएको छ । तर, कच्ची मोटर बाटो भएको एक लाख ६५ हजार, गोरेटो बाटो भएको एक लाख १० हजार, बाटो नभएको ६६ लाख रुपैयाँ कलंकी मालपोतले मूल्य तोकेको छ ।

किर्तीपुर नगरपालिका अन्र्तगतको सिता पेट्रोलपम्प ट्याङला चोक, किर्तीपुर स्विमिङ पुल किर्तीपुर चक्रपथ, खसिबजार, रमितेडाडा, किर्तीपुर चक्रपथ छुने बाटो, कलंकी मितेरी पुल, मैत्री नगर, कलंकी चक्रपथको बल्खुपुलदेखि बल्खुखोला कोरिडोर वरपरको जग्गाको प्रति आना सात लाख ७० हजार तोकिएको छ ।

त्यस्तै, किर्तीपुर चक्रपथ तथा त्यस भित्रको क्षेत्रमा अधिकत्तम सात लाख २६ हजार मूल्य तोकिएको छ । पागा चोक हनुमान घाटसम्म १३ लाख २० हजार तोकिएको छ । पागा दोबाटो देखि भाजंगल चिखुसम्म नौ लाख ६८ हजार तोकिएको छ । चन्द्रगिरी नगरपालिका साविक तिनथाना गाविसमा त्रिभुवन राजपथले छोएको दायाँबायाको क्षेत्रमा प्रति आना १८ लाख १५ हजार तोकिएको छ ।

साविकको सतुगंल गाविस, साविक थानकोट गाविस, थानकोट महादेवस्थान गाविस, वाडभन्ज्याङ गाविसमा भने त्रिभुवन राजपथले छोएको नागढुंगासम्म सडक दायाबाया १२ लाख १० हजार रुपैयाँ तोकिएको छ ।
मालपोत कार्यलय चावहिलले हाल बुढानिलकण्ठ नगरपालिका भित्र पहिला गाविस र अहिले नगरपालिका भएका क्षेत्रमा अधिकत्तम १२ लाख रुपैयाँ प्रति आना तोकेको छ । बुढानिलकण्ठ नगरपालिकाको मुख्य सडकसँग जोडिएका जग्गाहरु अधिकत्तम १८ लाख ७० हजार रुपैयाँसम्म तोएिको छ ।

गोकर्णेश्वर नगरपालिकाका जग्गाको १९ लाख ८० हजार रुपैयाँसम्म छ । मुलपानीमा १९ लाख ८० हजार रुपैयाँ सम्म छ । गोठाटार १९ लाख ८० हजार रुपैयाँसम्म तोकिएको छ । तर, चक्रपथसँग जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाहरु ४९ लाख ५० हजार तोकिएको छ ।

महाकाल क्षेत्रका गोरेटो बाटोसँग जोडिएका जग्गाहरु प्रति आना तीन लाख ८५ हजार रुपैयाँ तोकिएको छ । बाटो नभएका जग्गाहरुको प्रति आना दुई लाख ७५ हजार रुपैयाँ तोकिएको छ । चक्रपथ नारायण गोपाल चोकबाट बुढानिलकण्ठसम्म जाने मूलसडकमा प्रति आना १८ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, गोल्फुटार, धुम्बाराही जाने मूल सडकमा प्रति आना १६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । तेन्जीङ चोक आनि गुम्बा सडकमा पनि १६ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ । तर, सात तले मिलन चोक तरकारी बजार जाने सडकमा १४ लाख ३० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

चक्रपथसँग जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाहरको ४९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ । मित्रपार्क, कालोपुल, गौशाला चोकदेखि रातोपूल वरपरका जग्गाको मूल्य प्रति आना ४४ लाख रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्