५ सय वटा चार्जिङ स्टेशन बनाउने प्राधिकरणको तयारी, यही महिना ५१ वटा स्टेशन संचालनमा आउदैँ « Arthapath.com
२१ बैशाख २०८०, बिहीबार

५ सय वटा चार्जिङ स्टेशन बनाउने प्राधिकरणको तयारी, यही महिना ५१ वटा स्टेशन संचालनमा आउदैँ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै पटक ५१ वटा चार्जिङ स्टेशन संचालनमा ल्याउने भएको छ । यहीँ महिना ५१ वटा चार्जिङ स्टेशन संचालनमा ल्याउने तयारी गरेको प्राधिकरणका चार्जिङ स्टेशन प्रोजेक्ट म्यानेजर इन्जिनियर सगर ज्ञवलिले जानकारी दिए ।

नेपाल नाडा अटोमोबाइल्स एशोसिसन अफ नेपालको सहकार्यमा बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा इन्जिनियर ज्ञवालीले यस्तो बताएका हुन् । नाफिजले इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेट २०८०/८१ को सुझावका लागि अन्तरक्रिया गरेको हो ।

‘हाल ४० वटा चार्जिङ स्टेशन चलिरहेको छ , यही महिना थप ११ वटा सम्पन्न हुने चरणमा छन् । एक महिनामा भित्र ५१ वटा स्टेशन संचालनमा आउँदैछन्’– ज्ञवालीले भने । उनका अनुसार यस वर्ष प्राधिकरणले ५ सय वटा चार्जिङ्ग स्टेशन बनाउँदैछ । आगामी जुन अन्तसम्ममा भने ६२ वटा चार्जिङ्ग स्टेशन सक्ने लक्ष्य राखेको ज्ञवालीले जानकारी दिए । उनले भने– नेपालका मुख्य राजमार्गमा चार्जिङ्गको समस्या हुँदैन । प्राधिकरणले निजी क्षेत्रसंगको सहकार्यमा आगामी बजेटमा ५ सय वटा स्टेशन बनाउने लक्ष्य राखेको छ ।

उनका अनुसार राजमार्गको प्रत्येक ६० मिटरको दुरीमा चार्जिङ्ग स्टेशन बनाउने लक्ष्य प्राधिरणको छ । चार्जिङ्ग स्टेशन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएको ज्ञवालीले बताए । उनले भने,– ‘पछिल्लो समय इभि प्रति आकर्षण बढ्दो छ, चार्जिङ्ग स्टेशन छ भने मात्रै गाडी आउने हो । यसका लागि स्टेशन निमाण हुन थालेको छ । त्यसपछि नै इभि प्रति आकर्षण झ्न बढ्छ ।’

चार्जिङ स्टेशन संचालकहरुको लागि पनि मुनाफा सुनिश्चित गर्नुपर्ने र यसका लागि प्रोत्साहन आवश्यक रहेको उनले बताए । ‘सरकारले पनि इभिलाई प्रोत्साहन गरेको छ, निजी क्षेत्रबाट पनि पहि भईरहेको छ । नेपालमा यसको असिमित सम्भावना छन्, चुनौति पनि छन्’–ज्ञवालीले भने ।

सोही अवसरमा सार्वजनिक यातायातलाई पूर्ण रुपमा विद्युतीयकरण गर्नु पर्ने बताए । सर्वसाधारण जनताले चढ्न पाए मात्रै राज्यलाई फाइदा हुने उनको तर्क छ । नेपालको कालोपत्रे सडकमा विद्युतीय सवारी गुडाउन सकिने उनले बताए । यद्यपि, इभिको लागि आवश्यक पूर्वाधार निर्माणमा भने आवश्यक रहेको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्