नारायणीमा एकै वर्ष ६.५ किलोमिटर तटबन्ध « Arthapath.com
३१ असार २०८३, बुधबार

नारायणीमा एकै वर्ष ६.५ किलोमिटर तटबन्ध



नवलपरासी । नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/ ८३ मा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्षमात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नदीबाट उच्च जोखिम भएका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्षमात्रै विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण गरिएको हो ।

बहुवर्षीय आयोजनाका रूपमा विगतका वर्षमा नै ठेक्का लागि तटबन्धको काम ढिला भइरहेको अवस्थामा यस वर्ष उल्लेखनीय प्रगति हासिल भएको पौडेलले बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)तर्फ छ किलोमिटर क्षेत्रफलमा नारायणी नदी तटबन्धका लागि २०७९ सालमा बहुवर्षीय ठेक्का लगाइएको थियो । गैँडाकोटको वडा नं ५ देखि ९ सम्मको नदीकिनारमा कङ्क्रिट ब्लकबाट तटबन्ध गर्नेगरी रु एक अर्ब नौ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको प्रगति हालसम्म ९८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्